Wednesday, September 18, 2013

गायिका रेखा शाह र कमल क्षेत्रिको न्यु म्युजिक भिडियो

    गायिका रेखा शाह र कमल क्षेत्रिको न्यु म्युजिक भिडियो     

Thursday, June 13, 2013

साङ्गितिक क्षेत्रमा पुन अर्को राजेश थपिदै


काठमाडौं :– गायक राजेश नाम मनोरञ्जन क्षेत्रमा निकै स्थापित नाम हो । अभिनेता राजेश हमाल होस् या गायक राजेश पायल राई आफ्नो ठाउमा यि दुई कलाकार चर्चाको शिखरमा छन् ।  तर संगितकार राजेश थापा भने उति चर्चामा छैनन् ।  संगीत क्षेत्रमा डेढ दशकभन्दा बढीको यात्रा तय गरिसके संगितकार थापाले । क्लासिकल संगीतका यी गुरु भन्छन्– ‘अझै संगितमा संघर्ष गर्नु छ ।’ त्यसो त उनले थुप्रै गीतमा संगीत भरिसकेका छन् ।

सानैदेखि संगीतमा आकर्षण बढेपछि एसएलसी सकिनासाथ यसै क्षेत्रमा संघर्ष सुरु गरे उनले । ०५४ सालबाट आरआर क्याम्पस भर्ना भएर संगीतको औपचारिक अध्ययन गर्न कस्सिए । दीपक जंगम, कमल क्षत्री, धनबहादुर गोपालीजस्ता सांगीतिक हस्तीलाई गुरु थापेर सांगीतिक क्षमता बढाउँदै लगे । आरआर क्याम्पसबाट संगीत विषयमा स्नातक गरे । यससँगै भारतको इलाहाबादस्थित प्रयाग संगीत समितिबाट क्लासिकल म्युजिकमा डिप्लोमा पनि भ्याए । सरकारी छात्रवृत्तिमा सांस्कृतिक संस्थानबाट पनि एकवर्षे प्रशिक्षण लिएको उनी बताउँछन् ।
        काभ्रेमा जन्मिएका राजेश स्कुल पढ्दैदेखि संगीत भनेपछि हुरुक्कै हुन्थे । स्थानीय स्तरमा हुने सांगीतिक कार्यक्रमहरूमा सहभागिता जनाइहाल्थे । रेडियोमा नारायण गोपाललगायतका सुमधुर गीत बज्दा उनी कल्पन्थे– यस्तै गीत सिर्जना गर्न पाए । संगीतप्रतिको यही गहिरो अनुराग अनि संघर्षशील स्वभावका कारण अहिले आएर संगीत उनको पेसा बनिसकेको छ । दुई दर्जन बढी गीतमा संगीत भरिसकेका उनी स्कुल–कलेजमा संगीत विषय अध्यापन पनि गर्छन् । संगीता प्रधान, रीमा गुरुङ, दीपक लिम्बू, अञ्जु पन्त, स्वरूपराज आचार्य, शिशिर योगी, शिव परियारजस्ता अहिलेका चल्तीका गायक–गायिकाले उनको संगीतमा स्वर दिएका छन् ।
पछिल्लो समय उनको व्यस्तता झन् बढेको छ । एकसाथ तीनवटा एल्बममा सोलो संगीत दिनुपर्ने जिम्मेवारी उनलाई आएको छ । एउटा एल्बममा पद्मालिंखा मगरको एकल रचना रहेको छ भने अर्को एल्बम तिब्बत दर्लामी र नवीन उदासको संयुक्त रचनामा तयार हुँदै छ । आधुनिकसँगै बालगीतमा पनि संगीत दिँदै आएका राजेशको एकल संगीतमा बालगीतहरूको नयाँ सँगालो पनि बजारमा आउने तयारीमा छ । संगीतलाई आफ्नो धर्म मान्ने राजेश भन्छन्– ‘संगीतबाट एक छिन पनि टाढिएर बस्न सक्दिनँ ।’

Wednesday, June 12, 2013

हिन्दि भाषामा डविङ अंग्रजि र अरविक भाषामा सब टाईटल राखि व्यावसायिक बन्दै ढुवानि


काठमाण्डौ । नेपाली चलचित्रले पछिल्लो समयमा केहि सफल्ताको फड्को मारेको देख्नन सकिन्छ । तरपनि नेपालि चलचित्र अन्य भाषामा डबिङ र सब टाइटल राखेर भने कमै चलचित्रहरु प्रदर्शन भएको छ । तर पछिल्लो समयमा चेलिबेटी बेचबिखनमा नेपाली नारी सचेत हुनुपर्छ भन्ने थिम बोकेर आएको चलचित्र ढुवानिले भने हिन्दि भाषामा डविङ अंग्रजि भाषा र अरविक भाषामा सब टाईटल राखेर चलचित्रलाई व्यावसायिक बनाउने कौसिष गरेका छन् । 
कबिता फिल्मसको ब्यानरमा निर्माण गरिएको चलचित्र ढुवानीले भारत लगायत खाडीमुलुक साउदी अरब, कतार, दुबइ, युके, अमेरिका र अष्ट्रेलिया लगायत १ दर्जन देशहरुमा प्रदर्शन हुने भएको छ । ुहिन्दी भाषाको लागि गीतको ट्टर्याक भारत पठाइसकिएको र आउँदो शुक्रबार गीत रेकर्ड हुँने  चलचित्र युनिटले बताएको छ। हिन्दी गीत केका घोसाल र जाबेद अलिले गाउँदै छन् भने फिल्म आईतवार देखी डबिङ हुने चलचित्र युनिटले बताए ।
चेलिबेटी बेचबिखनमा नेपाली नारी सचेत हुनुपर्छ भन्ने थिम बोकेको चलचित्र ढुवानीमा पिताम्बर पाण्डेको लेखन र निर्देशन छ । चलचित्र किशोर खतिवडा, प्रबिन खतिवडा, धिरेन्द्र राज थापा, सगुन शाही, अनुजा गायक लगायतले अभिनय गरेका छन् । निर्देशक पाण्डेकै लेखन रहेको यो फिल्ममा हरि लम्सालको संगीत तथा पुरूषोत्तम प्रधानको छायाँकन रहेको छ । फिल्म आउदो भाद्र २८ गते देखी अलनेपाल र सेप्टेम्बर महिनाको पहिलो सातादेखी भारत लगायतका देशहरुमा रिलिज हुने बताइएको छ ।

Tuesday, June 11, 2013

तराज लिएर गायक समिर आचार्य बजारमा


काठमाडौ । गायक समिर आचार्यले दोस्रो एल्बम तरज लिएर आएका छन्। सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचत्रका अभिनेता अमिर गौतम, अभिनेत्री बिनीता बराल र रंग पत्रकार कृष्ण भट्टराईले संयुक्त रुपमा सार्वजनिक गरे।


कार्यक्रममा समीरको नयाँ म्युजिक भिडियो पनि प्रदर्शन गरिएको थियो। सो म्युजिक भिडियोलाई राजेश श्रेष्ठले निर्देशन गरेका हुन् भने भिडियोमा अमिर र बिनिता बरालले अभिनय गरेका छन् । भिडियोमा चपलि हाईटको झझल्को दिलाउने किसिमको हट रोमान्स हेर्न सकिन्छ।
अध्ययनका सिलसिलामा बिदेशमा रहदै आएका आचार्यले बिदेश बसाइ कै क्रममा एल्बम बजारमा ल्याएका हुन्। एल्बमका सबै गीतहरु मोडर्न शैलीका छन्।  सुस्तरी सुस्तरी, एकान्त रात, सन्नाटामा, ओठमा लाली लगायत बोलका पाँच गीत एल्बममा समाबेस छ। एल्बमका शब्द संगीत गायक आचार्यका साथ राजेश योगी बिस्नु शर्मा र गढोस आचार्यको रहेको छ।

प्रियंकाको पिताको अन्तिम संकारमा पुगे सुनिल थापा, प्रियंकासँगै बलिउड सिनेमा खेल्दै

काठमाडौ । बलिउड अभिनेत्री तथा पछिल्लो समयमा गायिकाको उपाधि पाएकि  प्रियंका चोपडाका पिता अशोक चोपडाको निधनले बलिउड उद्योग नै शोकमा डुबेको छ ।
बलिउड अभिनेत्री प्रियंका चोपडाको पिताको अन्तिम संकारमा पुगे सुनिल थापा (विचमा गोलो घेरामा)

प्रियंकाको  पिताको अन्तिम संकारमा बलिउडका चर्चित कलाकारहरु पनि पुगेका थिए । अन्तिम संकारमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार सुनिल थापा पनि पुगेका थिए । फुलेको दाह्रीमा सुनिल बलिउड सेलिब्रेटीहरुसँगै प्रियंकाको घर पुगेका हुन् । कलाकार थापाले नायिका प्रियंका चोपडासँग एक सिनेमामा काम गर्न लागेको खबरहरु पनि आइरहेको छ । अभिनेत्री चोपडाले भारतिय बक्सर खेलाडी म्यारी कोमको जीवनीमा आधारित एक चलचित्रमा अभिनय गर्दैछिन् । जसको निर्देशन संजयलिला भन्सालीले गर्न लागेका छन् । यो चलचित्रमा नेपाली चलचित्रका चर्चित कलाकार सुनिल थापाले प्रियंकाको गुरुको भूमिका निर्वाहा गर्न लागेको बताइएको छ । चलचित्रमा सुनिलले प्रियंकालाई बक्सिङको तालिम दिनेछन् ।
यस बिषयमा मुम्बइमा रहेका कलाकार सुनिल थापाले केही दिनमै जानकारी गराउने बताएका छन् । सुनिलले नेपाली चलचित्रमा प्रवेश गर्ने अघि केही बलिउड चलचित्रमा काम गरेका थिए ।

Thursday, June 6, 2013

माइकल ज्याक्शनकी छोरी पेरिसले गरिन् आत्महत्या प्रयास

विश्व चर्चित पप गायकबाट चर्चा कमाएका गायक माइकल ज्याक्शनकी छोरी पेरिस ज्याक्सनले बुधवार बेलुकि आत्महत्या गर्ने प्रयास गरेको खबर सार्वजिक भएको छ । विगत केही समय देखि निक्कै तनावमा रहेकी ज्याक्शनले अत्याधिक मात्रामा स्लिपिङ ट्याबलेट खाएको बताइएको छ ।

आत्महत्य प्रयास पश्चात उनलाई अचेत अवस्थामा अस्पतालमा पुर्‍याईएको थियो । उनको जीवन खासै राम्रो तबरले नचलेकोपनि समाचारहरुमा बताइएको छ । उनले केही दिन अघि मात्र ‘आँशु किन यति धेरै नुनिलो हुन्छ’ भनेर सामाजिक सञ्जाल  ट्विटरमा ट्विट गरेकी थिइन् । (एजेन्सि)

Monday, June 3, 2013

चलचित्र लभ फर एभरबाट सुमिना घिमिरे चलचित्र टिमबाट आउट

काठमाडौ । अभिनेत्री सुमिना घिमिरेलाई चलचित्र लभ फर एभरबाट चलचित्र युनिटले हटाएको छ। आइतबार झापाको दमकमा चलचित्रको बारेमा जानकारी गराउनका लागि आयोजित पत्रकार सम्मेलनमा अभिनेत्री घिमिरलाई प्रचार टिमबाट हटाएको जानकारी गराएको हो।
पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक शंकर आचार्यले अब चलचित्रको कुनै पनि प्रमोसन तथा प्रचारमा सुमिनालाई सहभागिता नगराउने बताए।
सुमिनाले विभिन्न समयमा चलचित्र यूनिटसँग असामान्य ब्यवहार देखाएको र विभिन्न ब्याक्तिलाई धम्क्याउने जस्ता काम गरेकाले चलचित्रको पोष्टर पम्पलेट सहित प्रचारका समाग्रीबाट हटाइने समेत आचार्यले बताए। भने ,अब सुमिनाको चलचित्र भबिष्य समेत संकटमा परेको छ।’ असार १४ गते बाट नेपाल भरी प्रदर्शनमा आउने सो चलचित्रले युवाको प्रेममय जिवन अवस्थाको चित्रण गरेको नायक गजित बिष्टले बताए ।

Friday, May 31, 2013

आशिकी २ ले अकल्पनिय रुपमा १०० करोड कमायो

मुम्बई– निर्देशक मोहित सुरीको म्युजिकल फिल्म आशिकी २ ले सय करोड भारु कमाइसकेको छ । सय करोड क्लबमा पर्न सफल भएपछि यसका निर्माताहरु प्रफुल्ल छन्।एक महिनाअघि रिलिज भएको लभस्टोरी  फिल्म आशिकी २मा आदित्य रोय कपुर र श्रद्धा कपुरको मुख्य अभिनय छ। विशेष फिल्मस् र टि–सिरिजले यसलाई जम्मा १२ करोड भारुमा निर्माण गरेको हो। विशेष फिल्मस्का निर्माता मुकेश भट्ट फिल्मको सफलतालाई नयाँ ट्रेन्डको रुपमा चिनाउन चाहन्छन्।

म एकदम खुसी छु, किनभने म एक्लो निर्माता हुँ, जसले नयाँ कलाकारहरुबाट ब्लकबस्टर फिल्म निर्माण गरेको छु, योभन्दा खुसीको बहाना के हुनसक्छ र, भट्टले भने।
टि–सिरिजका प्रमुख प्रबन्ध निर्देशक भुषण कुमारले समेत खुसी व्यक्त गरे। मेरो बुबा गुल्शन कुमारको आशीर्वाद र भट्ट साहेबको मार्ग निर्देशनले यो फिल्म सफल भएको हो, भारतीय सिनेमाको सयौं वर्षमा आशिकी–२ नयाँ अनुहारको रुपमा स्थापित भएको छ,ु कुमारले बताएका छन्।
फिल्मकी हिरोइन श्रद्धा प्रख्यात अभिनेता शक्ति कपुरकी छोरी हुन् भने हिरो आदित्य पनि विद्या बालानकी पति तथा निर्माता सिद्धार्थ रोय कपुरका भाइ हुन्।

Thursday, May 30, 2013

रुपासंग रोमान्स गर्दै दिनेश

काठमाडौ :– रङ्गकर्मि दिनेश दुलाल र कलाकार रुपा खनालको रोमान्स चलचित्र ‘राहादानी’मा मज्जाले चलेको छ । पूर्वका विभिन्न स्थानमा छायांकन सकिएको यस चलचित्रमा दिनेश दुलाल, रुपा खनाल, विनिता घिमिरे, मोनिका दाहाल लगायतका कलाकारको अभिनय छ । पत्रकार डब्बु क्षेत्रीको निर्देशनमा तयार हुन लागेको यो चलचित्रलाई लक्ष्मी ढकालले निर्माण गरेका हुन् ।
चलचित्र ‘राहादानी’ले विदेशिने नेपालीको कथावस्तुलाई उठान गर्न खोजेको निर्देशक डव्वु क्षेत्रिले बताए। यसअघि ‘काले’ नामक सिनेमामा अभिनय गरेका दिनेशले ‘राहादानी’बाटे धेरै नै अपेक्षा गरेको बताए ।

Monday, May 27, 2013

सुर साधनको वार्षिकोत्षवमा भव्य सास्कृतिक कार्यक्रम, गायक रुपकुमार र नृत्यङगाना पार्वति राईको प्रस्तुतिमा झुमे दर्शक

काठमाडौ । सुर साधना परिवार जोरपाटि काठमाडौले आफ्नो प्रथम वार्षिकोत्षवको अवसरमा सास्कृतिक कार्यक्रम सम्पन्न गरेका छन् । नेपाल पर्यटन बोर्डको हलमा शुक्रवार अटाईनअटाई दर्शकहरुका सामु सुर साधना परिवारले पहिलो वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गजलकार बुद्ध राणा, विशिष्ठ अतिथि गायक आनन्द कार्कि, सुर साधनाका गुरु उत्तर आले मगर लगायतको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि बुद्ध राणाले बधाई दिए । भने –पहिलो वर्षमै भव्य कार्यक्रम देखेर मलाई भन्न मनलाग्यो हुने विरुवाको चिल्लो पात ! आफु संगितको क,ख थाहा नभएपनि संगित एकदमै सुन्ने गरेको कार्यक्रममा बताए । कार्यक्रमको विचमा राणाले गजलका शेरहरु सुनाएका थिए ।
त्यस्तै कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष गजेन्द्र राईले आफुहरुले साङ्गितिक क्षेत्रलाई प्रतिनिधित्व हुने काम गरेको सुनाए । यस विचमा आफुहरुले संस्थालाई एक वर्ष सम्म ल्याउनलाई निकै मेहेनतपनि गर्नुपरेको बताए । भने– आफु साङ्गितिक क्षेत्रलाई बच्चैदेखि माया गर्ने सोच भएकालेपनि यो संस्थाको अवधारणा बनाएको हौ । कार्यक्रममा विशिष्ठ अतिथि आनन्द कार्किलेपनि आयोजक संस्थालाई सुधकामना प्रदान गरेका थिए ।
सोहि कार्यक्रममै बेजोड सास्कृतिक कार्यक्रमपनि राखिएको थियो । जुन कार्यक्रममा नृत्यङ्गाना पार्वति राईले नृत्य प्रस्तुत गरेका थिए । उनले नृत्य प्रस्तुत गर्दा उपस्थित दर्शकहरु वान्समोर भनिरहेका थिए । नेपाल पर्यटन वोर्डको फितलो साउण्ड सिस्टमले धोका दिएपछि कलाकारहरु कार्यक्रमको अन्त्यतिर भाडिएकोपनि थिए । तर त्यो भाडिएको माहोललाई लोक आधुनिक गायक रुपकुमार राईले समालेका थिए । सबै कलाकारहरुको एक–एक गित सुन्न नचाहिरहेका दर्शकहरुपनि गायक रुपकुमार आएपछि भने कार्यक्रको रौनक थपिएको थियो । गायक राईले आफ्नो चर्चित गित राम साईलि लगायत आउन लागेको एल्वमको गित गुन्द्रुक किनामा लगायत गित गित प्रस्तुत गरेका थिए । गायक राईले गाउदा उपस्थित दर्शकहरु स्टेजमा आएरै नाचेका थिए । त्यस्तै कार्यक्रममा, सरला राई, कला राइर््, गणेश इसारा, नेपाल आईडलका प्रतियोगि सचिन राई लगायतले प्रस्तुति दिएका थिए ।

Thursday, May 23, 2013

गोफ्ले देखि ‘झोले’ सम्म दयाहाङ

काठमाडौ । केहि समय अगाडि सम्म गोफ्ले तथा अभिनेता दयाहाङ राइको परिचयमा चिनियका उनि अब नया नापनि थपिने भएको छ । अभिनेता राई  अब प्रदर्शनको लागि तयार भएको चलचित्र ‘झोले’मा नायक दयाहाङ राइलाई फरक गेटअपमा देख्ख्न सकिन्छ । यसअघि ‘द युगदेखि युगसम्म’, ‘धर्मा’, ‘चपली हाइट’, ‘भिजिलान्ते’ जस्तो सिनेमा बनाएका दिपेन्द्रको यो पाचौ चलचित्र हो । पुरुषोत्तम प्रधानको छायांकन, दिर्घ खड्काको सम्पादन रहेको यो चलचित्र पुर्णतया कमेडी बिषयमा तयार भएको छ । निर्माण यूनिटले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको गीत, पोष्टर र ट्रिजर सार्वजनिक गरेको हो ।चलचित्रमा नायक दयाहाङ राइलाई नायिका प्रियंका कार्कीसँग रोमान्स गर्दै गरेको अवस्थामा देख्न सकिन्छ । देशको राजनीतिक अन्यौलताले गर्दा नागरिकहरु कसरी झोले बन्दै गएका छन् भन्ने बिषयलाई सिनेमाले प्रस्तुत गर्न खोजेको छ ।
कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, निर्देशक समाजमा अध्यक्ष दिनेश डीसी लगायतले सिनेमाको सफलताको शुभकामना दिएका थिए । चलचित्र ‘झोले’ले नेपाली सिनेमामा नयाँ आयम थप्ने विश्वास चलचित्रकर्मी तथा पत्रकारहरुले गरेका छन् ।

Tuesday, May 21, 2013

अभिनेता अर्जुन र अभिनेत्री निशाले सगरमाथाको चुचुरो चुमे


गत आईतबार बिहान अभिनेता अर्जुन कार्कीले सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुमे लगत्तै अभिनेत्री निशा अधिकारीले पनि सगरमाथाको चुचुरो चुम्न सफल भएकी छिन् ।
निशाले मंगलवार बिहान ८ बजेको  समयमा सगरमाथामा पाईला राखेकी हुन् । अभिनेत्री निशा चैत्र २७ गते सगमाथा चढ्नका लागि काठमाण्डौबाट हिडेकी थिईन् । प्रक्रिया पूर्ण रुपमा नबुझी यो यात्रामा निस्कएकी निशा र अर्जुनको सगरमाथा यात्रा आरोहीको सहयोगीको रुपमा मात्र रेकर्ड हुनेछ ।


Sunday, May 19, 2013

लोक गायिकाको जिज्ञासा ‘मायालाइ के दिउ म’ (तस्विरपनि)

लोक गायिका  सुनिता दुलालको १४ औ एल्वम ‘मायालाइ के दिउ म’ को आईतवार मण्डला थियटर स्थीत विमोचित भएको छ । सोहि विमोचन समारोहको तस्विरहर





Friday, May 17, 2013

ढुकुटिमा कलाकारहरु फसे


काठमाडौ । सर्वसाधारण मानिसहरुलाई ढुकुटि नाम सुन्ने वित्तिकै आङ जिरिङ्ग हुन सक्छ । तर पछिल्लो समयमा ढुकुटिको नकारात्मक प्रभाव चलचित्रका कलाकारहरुलाई पनि पर्दै आएको छ । त्यस्तै क्रममा अभिनेत्री झरना थापापनि  ढुकुटीमा फसेको समाचार एकाएक बजारमा आयो ।
शुक्रवार अनामनगर स्थीत मण्डला थियटरमा आयोजिक कार्यक्रममा सो बारेमा जानकारि दिइएको थियो । तर उनी वास्तवमा ढुकुटि कान्डमा फसेकि भने होईनन् । उनि चलचित्र ढुकुटी मा अभिनय गर्ने कलाकारको रुपमा फसेकी हुन् ।
निर्देशक डीके पुन मगरको निर्देशनमा तयार भएको चलचित्र ढुकुटीमा झरना थापा, धिरेन शाक्य, डोल्मा सेर्पा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । रेशम सापकोटाको कथा, पटकथा, संवाद र गीत रहेको यस चलचित्रको निर्माणा युनिटले काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरी चलचित्रको जानकारी गराएको थियो । रनजीत गजमेरको संगीत रहेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व, शिव वीकको नृत्य, यम आलेको छायांकन, मित्रदेव गुरुङको सम्पादन छ । पत्रकार सम्मेलनमा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरी, चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डीसी अतिथीको रुपमा उपस्थित थिए ।
चलचित्र ढुकुटी सामाजिक गर्जो टार्ने पवित्र पेशाको निहुमा देखिएको ठगी विरुद्ध प्रतिकात्मक आवाज रहेको निर्देशक मगरले कार्यक्रममा जानकारी दिए ।